माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
साउन ६ काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ ।
बैठकमा पार्टीको आन्तरिक छलफल र सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने बताईएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा कुन कुन मन्त्री पठाउने भन्ने टुंगो लगाउनलाइ बैठक बस्न लागेको हो।
हाल देउवा सरकारमा माओवादीका पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री गरि दुई मन्त्री छन् । मन्त्रीमा को कसलाई पठाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिईएको छ।

