चीनको हुनानमा परेको पानी र डुबानले १३ जनाको मृ,त्यु
साउन ६ काठमाडौं – चीनमा हुनानमा परेको वर्षा र डुबानले त्यस क्षेत्रको जनजीवन प्रभावित पारेको छ।
शुक्रबारदेखि मंगलबारसम्म लगातार परेको पानीले अहिलेसम्म १३ जनाको मृ,त्यु भइसकेको छ भने दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
वर्षाले सबैभन्दा धेरै प्रान्तको राजधानी झेङझाउ प्रभावित भएको पाईएको छ। चीनका जानकार र मौसमविद्हरूले उद्धृत गर्दै हजार बर्षकै बढी पानी परेको बताएका छन्।
अत्याधिक वर्षा भएपछि सो क्षेत्रमा गाडीहरु डुबेको देखिन्छ भने नदीहरु बढेका छन्। यस्तै सो क्षेत्रमा बाँधिएका ड्याम जुनसुकै बेला फुट्न सक्ने भन्दै झेङझाउका बस्तीहरुलाई सुरक्षित स्थानमा पठाउने क्रम जारी छ।
मौसमविद्हरूका अनुसार शनिबारदेखि मंगलबारसम्म झेङझाउमा ६ सय १७ मिलिमिटर पानी परेको जनाएका छन्। औसतमा उक्त सहरमा वार्षिक ६ सय ४० मिलिमिटर पानी पर्ने गरेको थियो।
Massive flash floods caused by heavy rain in Zhengzhou, central Chinese province of Henan, severe damage reported. pic.twitter.com/F6VQ5vRZjn
— Tong Bingxue 仝冰雪 (@tongbingxue) July 20, 2021

