Gold
Bangad salyan

प्रतिगमनको मतियारलाई बाहिर निकाल्नुस भन्दै नेपालको आक्रोस

काठमान्डौ – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सांसद नारदमुनि रानालाई चोर औंला देखाउदै प्रतिगमनको मतियार बाहिर जानुस भन्दै हप्काएका छन ।

प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलो पटक बसेको समितिको बैठकमा आर्थिक वर्ष २०७७/७८
मा गरेको कामको समीक्षा भैइरहेको बेला नेपालले यस्तो भनेका हुन।

बैठकमा सांसदहरुले संसद पुनर्स्थापना भएकोमा खुसी साटा साट गरिरहेकोबेला समितिका सदस्य नेपालले पनि संसद जोगिएको भन्दै बधाइ दिएका थिए ।

त्यहीँबेला एमाले सांसद रानाले नेता नेपाललाई आफ्नै सरकार ढालेको भन्दै आक्षेप लगाए । बैठक चलिरहेका आएका कैलालीका सांसद तथा पूर्वमन्त्री नारदमुनि रानाले यो संसद जनादेशबाट नभई परमादेशबाट आएको टिप्पणी गरेका थिए । अहिले को पार्टीको विवादको मुख्य दोषी माधव नेपाल रहेको र यस्को जिम्मा उनले लिनुपर्ने भन्दै बारम बार नेपालमा खनीएपछी नेपालले प्रतिप्रश्न गर्दै ‘प्रतिगमनको मतियार बन्ने ।

समिति सभापति पवित्रा निरौला खरेलले समितिको विषयमा बोल्न रुलिङ गरिन् । ‘पार्टीको कुरा पार्टीमा गर्नुस्, समितिमा समितिकै विषयमा बोल्नुस्’ उनले भनिन् ।

तर सांसद रानाले प्रसंग उठेका कारण भनेको हुँ भन्ने अड्डी कसेपछि नेता नेपाल आक्रोशित भए । उनले रानातिर चोर औला ठड्याउँदै भने, ‘प्रतिगमनको मतियार भएर यहाँ बोल्न पाइँदैन । अहिले राजीनामा दिनुस्, गइहाल्नुस् भनेका थिए ।
सांसदहरुले नियम विपरीत पूर्वमन्त्रीलाई बैठकमा नराख्न आफूले दिएको सल्लाह नमानेको भन्दै सभापतिकै आलोचना गरेका थिए ।

‘सरकारमा जानेहरु समितिबाट विदा हुन्छन्, पुनः त्यही समितिमा आउनुपरे पनि सम्बन्धित दलले सभामुखलाई पत्र लेख्नुपर्छ’ माधव नेपाल पक्षका सांसद दीपकप्रकाश भट्टल भने । उनले सांसद रानालाई भनेका थिए, ‘यो समितिमा बस्ने अधिकार छैन तपाईलाई, बाहिर जानुस् र निवेदन हालेर आउनुस्’ उनले भने ।

संसद विघटनपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई मन्त्री बनाएका थिए । तर सर्वोच्चको आदेशमा १३ दिनमै उनी पदमुक्त भएका थिए ।