Gold
Bangad salyan

जाजरकोटमा जिप दुर्घटनामा एक जनाको ज्यान गयो थप विवरण आउँदै

साउन १०, जाजरकोट – जाजरकोटको लैखममा जीप दुघर्टना हुुँदा एक महिलाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

बारेकोट ८ लैखमकी ५५ बर्षिया लक्ष्मी सिंहको दुघर्टनामा परि आइतवार बेलुका ज्यान गएको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जनाएको छ ।

बारेकोटको सेपुखोलाबाट नलगाडको खारा तर्फ आइरहेको ग १ ज ४९५५ नम्बरको जीप लैखममा दुघर्टनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रहरी प्रमुख खुमानन्द पाण्डेका अनुसार दुर्घटनामा जीप चालक सहित चार जना घाइते भएका छन् ।

बारेकोट ८ का जीप चालक ३२ बर्षका बलबहादुर खत्री, सोही ठाँउका २२ बर्षका दीपक खत्री, सोही ठाँउकी २६ बर्षकी समिक्षा सिह र नलगाड ५ का मिलन शाही घाइते भएको पाण्डेले जनाए ।

तीन जना घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल तर्फ ल्याईएको छ । घाइेतको टाउकोमा चोट लागेको छ । आमा गुमाएकी समिक्षा भने सामान्य घाईते छन् ।

प्रहरीका अनुसार दुघर्टनाको कारण खुल्न सकेको छैन । जीप बाटोबाट करीब सय मिटर तल नलगाड खोलामा खसेको थियो । जीपमा कति जना सवार थिए खुल्न सकेको छैन । प्रहरीले दुर्घटनामा अनुन्सधान गरिरहेको बताएको छ म