कस्ता व्याक्ती इजरायल जान मिल्छ यो हेर्नुहोस
साउन १२, काठमाण्डाै – लामो समयपछि नेपालीहरु इजरायल जान पाउने भएका छन । इजरायलबाट नेपाली कामदारको माग भइ आएपछि नेपालबाट लगिने एक हजार जना श्रमिकका लागि आवेदन आह्वान भएको छ ।
सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे ९केयरगिभर० कामका लागि एक हजार नेपाली श्रमिकको आवेदन खुला गरेको हो।
वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर एक हजार जनाका लागि आज(मङ्गलवार) आवेदन खुलाएको हो।२५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको, १० कक्षा उत्तीर्ण तथा केयरगिभिङ्ग तालिम प्राप्तले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि इजरायलले यसअघि नेपाली कामदार लैजान आनाकानी गरिरहेको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरिसकेको छ । सरकार टु सरकार (जीटूजी)मार्फत कामदार पठाउन गएकाे असाेज १४ गते सरकारले इजरायलसँग सम्झाैता गरेकाे थियाे ।

