Gold
Bangad salyan

कहिले माओवादी कहिले एमाले (फेरी माओवादी)

साउन २० काठमान्डौ- लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली कहिले माओवादी कहिले एमाले हुँदै अहिले माओवादीमा पुगेकी छिन। केहि महिना अगाडी एमाले सांसद विमला खत्री माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्।

यस्तै एक हप्ता आगाडी उनी माओवादी केन्द्रको समपर्कमा नरहेको जानकारी आएको थियो। माओवादी केन्द्रमा आएकि उनी सम्पर्क बाहिर भएपछि खोजतलास गर्दा नेपालगंजमा औपचार गरिरहेको र स्वास्थ्यका कारण फोन उठाउन नसकेको जानकारी गरेकी थिइन्।

तर एका एक उनी विज्ञप्ति निकालेर एमालेमा रहेको जानकारी गरिन तर बुधबार विमला फेरी माओवादी केन्द्रमा रहेको जानकारी गरेकी छिन। वली आज दिउँसो माओवादी पाटीको सम्पर्कमा आएका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सुदर्शन वरालले बताएका हुन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित विमलाको कुन्नी राजनीतिक योगदान भने छैन। उनका श्रीमान् उत्तरकुमार वलीको सवारी दुर्घटनमा मृत्यु भएपछि उनी उपनिर्वाचनमा विजयी भएकी थिइन् । अहिले नेकपा बदर छ नेकपा माओवादी र एमालेमा उनलाई तानातान भईरहेको छ।