कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव यस्तो छ
काठमाडौं- कुलमान घिसिङलाईलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भईरहेको छ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालका अनुसार हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने र मन्त्रालयमा तान्ने र घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव तयार पारिएको छ।
मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ ,सो बैठकमा पनि यो विषयमा कुरा उठ्ने वा नौथ्नी भन्ने टुंगो चाहिन तर प्रस्ताव तयारि अवस्थामा रहेको श्रोतको दाबि छ।
केपी ओली नेतत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशक शाक्य नियुक्त गरेको थियो । गत १९ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा मन्त्री भुसालले शाक्यलाई अन्य विकल्प रोजेर विद्युत प्राधिकरणको कार्यकारी निर्देशक राजीनामा गर्न आग्रह गरेकी छिन।

