Gold
Bangad salyan

गाउँपालिकाकी उपाध्यक्षका ससुराको निधनमा बिदा दिएको होइन

तेह्रथुम- तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाकी उपाध्यक्षका ससुराको निधन भएपछि गाउँपालिकामा शोक बिदा नदिएको गाउँपालिकाले जनाएको छ।

शोक प्रकट भन्ने बारेमा सार्वजानिक बिदा भुलबस लेखिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जनाएका छन् । गत २२ गते पालिका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुराबुबा कृष्णप्रसाद गौतमको ९६ वर्षको उमेरमा विहीबार राति ११ : ४० मा निधन भएको थियो ।

गाउँपालिकाले शुक्रबार बिद्दा दिने र गाउँभरिका शैक्षिक संस्था एवं सरकारी कार्यालयहरु एक दिनका बन्द गर्ने निर्णय गरेको जारी सूचनामा उल्लेख थियो।

गाउँपालिकाकी उपाध्यक्षका ससुराको निधन हुँदा पनि सार्वजानिक विदा दिएको भन्दै चौतर्फी आलोचना गरिएको थियो। आलोचना पछि गाउँपालिकाले सूचना सच्चाएर भूलबस बिदा लेखिएको तर बिदा नदिएको तिन दिनपछि सूचना जारी गरेको छ।

पहिलेको सूचना

No photo description available.

अहिलेको सूचना