Gold
Bangad salyan

३९ सय १५ जनामा संक्रमण पुष्टि, २७ को मृ,त्यु

साउन २९ ,काठमाडौं- गत २४ घन्टामा थप ३९ सय १५ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ। १८ हजार ५८२ नमूना परीक्षण गराउँदा ३९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घन्टामा २,११८ जना कोरोना जितेर घर फर्केका छन्। शुक्रबार कोरोनाबाट थप २७ जनाले ज्यान गुमाएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमित ७३६ जनाको आइसीयू र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।