Gold
Bangad salyan

मेरो लाली ओठ चुम्ने कोहि छ कि ज्योति मगर

साउन २९ ,काठमाडौं- गायिका तथा मोडल ज्योति मगरले मेरो पोई छैन भन्दै पिडुला देखाउने गरेको तीज गीतको भिडियो बजारमा सार्वजानिक भएको छ।

ज्योति मगरले धेरै पछि  आफ्नै स्वर र अभिनयमा गीत सार्वजानिक गरेपछि दर्शकले वाई वाई गरेका छन्। धेरै जस्तो गीतमा विवादमा आउने गरेकी ज्योतिलाई आज भोलि दर्शकले माया दिने गरेका छन्।

यो गीतमाज्योतिले नरेश खातीसंग मेरो पोई छैन तिम्रो जोई छैन जाम हिड कालिकोट ,चुमौला लाली ओठ जस्ता शब्दमा उफ्री उफ्री नाचेपनी दर्शकले माया गरेका छन्। गीतमा शब्द संगीत नरेश खातीको रहेको छ।काजिस श्रेष्ठको निर्देशन अजय रेग्मीको छायांकनलाई दिपक भिस्टले सम्पादन गरेका हुन्।