Gold
Bangad salyan

रुपा सुनारमाथि छुवाछुत गर्ने घरबेटी प्रधानलाई १ लाख १५ हजार धरौटीमा छाड्न आदेश

काठमाडौँ । सञ्चारकर्मी रुपा सुनासुनारलाई कोठा भाडामा नदिएर जातीय विभेद तथा छुवाछूत गर्ने घरबेटी सरस्वती प्रधानलाई जिल्ला अदालत काठमाडौँले १ लाख १५ हजार रुपैयाँ धरौटी तिर्न माग गरेको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश नारायण प्रसाद सुवेदीको एकल इजलासले प्रधानलाई १ लाख १५ हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

गत असार १ गते आफू दलित भएकै कारण प्रधानले कोठा भाडामा नदिएको भन्दै सञ्चारकर्मी रुपा सुनारले प्रधानविरुद्ध प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।

सुनारले घरबेटी प्रधानलाई जातीय भेदभाव तथा छुवाछुत कसुर तथा सजाय ऐन २०६८ अनुसार कारबाही माग गरेकी थिइन् ।

जाहेरी पछि प्रधानलाई प्रहरीले पक्राउ गरेको थियो । घटनाको अनुसंधान चलिरहेकै बेला उनलाई रिहा गराउन तत्कालि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ प्रहरी कार्यलयमा पुगेका थिए ।

प्रधानलाई झन्डावाला गाडीवाला गाडीमा हालेर घरसम्म पुर्‍याएको भन्दै आलोचना भएको थियो भने उनको राजिनामा माग गरिएको थियो । चौतर्फी दबाब पछि श्रेष्ठले माफी समेत मागेका थिए ।