Gold
Bangad salyan

ढुवानी बन्दको विरोधमा रामेछापमा अर्धनग्न जुलुस ,,

असार ४ रामेछाप – सिन्धुलीको बीपी राजमार्गमा मालवाहक ठूला गाडी चल्न दिनुपर्ने माग गर्दै सोमबार रामेछाप सदरमुकाम मन्थलीका ब्यवसायीले अर्धनग्न जुलुस निकालेका छन् ।

बिपी राजमार्गमा १० टनभन्दा बढी माल्बाहाक बोकेका सवारी साधन सरकारले बन्द गरे पछि एक हप्ता देखि रामेछापबासि आन्दोलनमा छन्। ,कार्यक्रममा बोल्दै रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पशुपतिबहादुर खड्काले ढुवानी समस्याका कारण रामेछापका जनताले उपभोग्य सामान किन्नै नसक्ने गरी महंगिदा पनि सरकार रमिते बनेको आरोप लगाए ।

सिन्धुली प्रशासनले तराईबाट आएका ठूला मालवाहक गाडी सिन्धुलीमाडीमै रोकेर राखेपछि रामेछापमा सामान ढुवानी प्रभावित भएको छ ।  सरकारले यसको सुनुवाई नगरे ससक्त आन्दोलन गर्ने खड्काले  बताय ।