Gold
Bangad salyan

अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनको रौनक तस्विरमा हेर्नुहोस

काठमाडौं- नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ। कमलादीको प्रज्ञा भवनमा सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका छन् भने अन्य शीर्ष नेताहरुको पनि सहभागिता रहेको छ। सम्मेलनको नारा ‘शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टीको लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने तय गरिएको छ ।

उद्घाटनपछि महाधिवेशनको बन्दसत्र कीर्तिपुरमा हुनेछ । सम्मेलनबाट अखिल क्रान्तिकारीको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चा सिंह मुख्य दौडमा छन् । यस्तै, महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् । यस्तै कार्यक्रममा विभिन्न शिर्ष नेताहरुले सुभकामन राखेका थिए। कुनै व्याक्तिले अनलाईनबाट अखिलको सदस्यता लिन सकिने समेत सम्मेलनले जनाएको छ ।