रामकुमारी झाँक्री भर्ना भैइन
कार्तिक ११, काठमाडौ – सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएपछि अस्पताल भर्ना भएकि छिन ।
निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए ।’
सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय गएकि थिइन्न। हिजो स्वास्थ्य परीक्षण गराउँदा झाक्रीमाथी निमोनिया देखिएको थियो ।
अस्पतालमा उपचार गराईरहेकी झाक्रीको अहिले स्वास्थ्यमा सुधार भइरहेको तामाङले बताए ।

