Gold
Bangad salyan

एमसीसीबारे देउवा र प्रचण्डमा एक जनाले झुट बोलेका छन् : केपी ओली

काठमान्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन् ।

सोमवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिदिई दिदै दुवै नेतालाई झुठ नबोल्न सुझाएका हुन्। एमसीसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवाको भनाइ र त्यस्तो पत्र नपठाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमध्ये एक झुठ रहेको ओलीले बताए।

शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नु हुन्छ । प्रचण्ड दिएको छैन भन्नुहुन्छ । दुइ जनामध्ये एक जनाले झुट बोल्याजस्तो देखिएन ? त्यस्तो झुट बोल्नु हुँदैन ओलीले भने। केही दिनअघि प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने भनेर आफू र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्राचार गरिसकेकाे बताएका थिए ।

त्यसको खण्डन गर्दै प्रचण्डले एमसीसी पास गर्ने नभई रास्ट्रिय सहमतिका लागि छलफलको लागि पत्राचार गरिएको बताएक थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र प्रचण्डले एमसीसी पास गर्न हस्ताक्षर गरेर पठाईसकेको भनेर अभिव्यक्ति दिएपछि चौतर्फी तरंग फैलीएको छ।

प्रचण्डले भने यस्तो कुनै कार्य नगरेको र प्रधानमन्त्रीले आफूले बोलेको बोलि फिर्ता लिएको जानकारी गरेका थिए। अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने अडान दोहोर्याएका छन्।