मोरङ कारागारमा कैदी बन्दीबीच झडप ६ जना घाइते
काठमान्डौ – जिल्ला कारागार मोरङमा कैदी बन्दीबीच झडप भएको छ । कैदीबन्दी बीच दोहोरो झडप हुँदा झडपमा परेर ६ जना घाइते भएका छन्।
घाइते हुनेमा नाइके किरण गुरूङ, शेखर राई, निर्मल ढकाल, बिशाल मुक्तान, डिल्ली देवान र सूर्यदिप गुप्ता रहेको प्रहरीले जनाएको छ। कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै झडप भएको जेलर रामप्रसाद पोखरेलले जानकारी दिए।
नाइके किरण गुरूङको शोषण र यातना सहन नसकेपछि जेलमा रहेका कैदीबन्दीले पहिले पनि आन्दोलन गरेका थिए। पटक पटक यातना दिएपछी कैदीबन्दीले चौकीदार गुरूङसहित नाइके र भाइ नाइकेहरू पदम कुमार लिम्बु, निर्मल ढकाल लगायत १४ जनालाई अर्को कोठामा थुनीदिएका थिए।
थुनिएका कैदीबन्दीलाई अहिले बाहिर निकालेपछि कारागार भित्रको माहोल शान्त भएको जेलर पोखरेलले बताए।

