फेरी बढ्यो डिजेल पेट्रोलको भाउ
काठमान्डौ – नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको भाउ ३ रुपैयाका दरले बढाएको छ। निगमले मूल्य बढाएसंगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।
आज राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोलियमको मूल्य बढाएको जनाएको छ। निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको भाउ रु ३ ले बढाएको थियो ।

