Gold
Bangad salyan

थप ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

कार्तिक २६ ,काठमान्डौ – गत पछिल्लो २४ घन्टामा थप ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६६ नमूनामध्ये पीसीआर विधिबाट ३ सय ५५ र एन्टिजेन विधिबाट ४७ गरी ३९७ जनामा संक्रमण देखिएको हो।

यस्तै मन्त्रालयका अनुसार शुक्रबार थप ३८९ जना कोरोनामुक्त भएका छन्। यो संगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ। गत २४ घन्टामा कोरोनाबाट थप ३ जनाको ज्यान गएको छ। हालसम्म कोरोना सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ रहेको मन्त्रालयले जनाएको छ ।