चुनावमा कसैसँग गठबन्धन गर्ने सहमति भएको छैन : प्रधानमन्त्री देउवा
काठमान्डौ – कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धनसंग मिलेर जानेबारे कसैसँग कुनै सहमति नभएको बताएका छन् ।
आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा देउवाले सत्ता गठबन्धनमा आगामी चुनावमा सामेल हुने विषयमा कुनै सहमति नभएको बताएका हुन्।
यस्तै देउवाले चुनावमा कांग्रेस एकलै लड्न सक्ने बताए। कसैसँग पनि गठबन्धन हुन्नँ । एक्लै लड्ने हो । गठबन्धन गर्ने भनेर कसैसँग कुनै सहमति भएको छै। यस्तै प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने बताए ।

