एमाले महाधिवेशन प्रतिनिधि सांसदलाई वडाध्यक्षले पराजित गरेपछि
काठमान्डौ – नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा वडा अध्यक्षले सांसदलाई हराईदिएका छन्।
झापा निर्वाचन क्षेत्र नम्बर,४ बाट छानिएका ९ जना महाधिवेशन प्रतिनिधिमा सोही क्षेत्रको प्रदेश खबाट सांसदसमेत रहेका हिरा थापालाई शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठले हराएका हुन्।
थापा १ नम्बर प्रदेशका निवर्तमान भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्री समेत हुन्। थापालाई श्रेष्ठले ७३ मतले पराजित गरेका हुन्।
शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपाल पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्।मंसिर १० देखि १२ सम्म चितवनमा एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदै छ।
महाधिवेशनका लागि क्षेत्र नम्बर ४ बाट कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पुरूषतर्फको खुला प्रतिनिधिमा सर्वाधिक मत प्राप्त गरेका छन् ।
उनले १७ सय ४ मत पाएका छन्। यस्तै नेकपा एमाले शिवसताक्षी नगर कमिटीका निवर्तमान अध्यक्ष धनवहादुर थेवेले १५ सय ३२, शिवसताक्षी नगर पालिकाका प्रमुख चन्द्रकुमार शेर्माले १४ सस्य ६२ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधि चुनिएका छन्।
यस्तै पार्टीका झापा जिल्ला सचिवालय सदस्य शिवसताक्षीका राधाकृष्ण खनालले १४००,सय कनकाई नगरका खेमनाथ मिश्र १३ सय ४०, र शिवसताक्षीका भैरवकुमार श्रेष्ठले १३०२ मत पाएर महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।
महिलातर्फ सर्वाधिक मत २३ सय १४ मत ल्याएर झापा गाँउपालिकाकी अमृता राई प्रतिनिधि चुनिएकी छन्। उनले कुल खसेको मतको ७१.०९ प्रतिशत मत पाएकी हुन्।यस्तै कनकाई नगरपालिकाकी चम्पादेवी खनालले २२ सय ११ र शिवसताक्षीकी इन्दिरा बस्नेत (भरत)ले १९३० मत पाएर महाधिवेशन प्रतिनिधि चुनिएका छन्।

