Gold
Bangad salyan

थप ४१२ जना कोरोना संक्रमित थपिए

मङ्सिर १ काठमाडौँ – गत २४ घन्टामा नेपालभरिबाट थप ४१२ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०६ पीसीआर परीक्षणमा ३६३ र १ हजार ८८७ एन्टिजेन विधिबाट ४९ गरि ४१२ जनामा संक्रमण फेला परेको ह।

यस्तै यो संगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १८ हजार ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा २०२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९८ हजार ९१६ रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको मन्त्रालयकू तथ्यांक छ ।