Gold
Bangad salyan

नक्कली नोट बनाउने कार्यमा महिला पनि सामेल ५ पक्राउ

मङ्सिर २ ,काठमाडौं- नक्कली नोट बनाउने मेसिनसहित प्रहरीले ५ जना पक्राउ गरेको जनाएको छ। महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका-११ कपनस्थित समरोज थापा मगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

प्रहरीले ६५ हजार ३३५ नक्कली नोटसहित पक्राउ गरेको जनाको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप सिरुवारी गाउँपालिका-२ का २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ का १९ वर्षीय चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन् ।

पक्राउ परेकी गोमा श्रेष्ठले गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकामा नक्कली पैसा लिएर सामान खरिद गर्दै हिँडिरहेको अवस्थामा प्रहरीले शंकास्पद अवस्थामा फेला परेको थियो।

उनीसंग खानतलासी गर्दा र सोधपुछ पछि अन्य चार जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

उनीहरुको साथबाट नक्कलीजस्तो देखिने नक्कली नोट ६५ हजार ३३५, नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेविकल दुई थान, किप्याड मोबाइल एक थान, स्क्रिनटज मोबाइल एक थान, लालीगुँरास छाप भएको छाप एक थान, कागज काट्न प्रयोग गरिने कैँची एक थान बरामद गरेको छ ।

पक्राउ परेका हरुलाइ थप सोधु पुछ भईरहेको बस्नेतले जनाए। नेपालमा पटक पटक नक्कली नोट छाप्ने व्याक्तिहरुलाइ प्रहरीले पाक्राउ गरिरहे पनि त्यस्स्तो कार्य भने रोकीएको छैन।