Gold
Bangad salyan

गुर्भाकोट नगरपालिका वडा न ६ को दोश्रो वडा सम्मेलनमा कांग्रेसका ४१ घर धुरी माओवादी केन्द्रमा प्रवेश

मङ्सिर ४ सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) गुर्भाकोट नगरपालिका वडा न. ६ को दोश्रो वडा सम्मेलन सम्पन्न भएको छ। दोश्रो वडा सम्मेलनबाट नर बहादुर बिक को अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी सर्वसम्मतिले गठन गरिएको छ।

कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र) गुर्भाकोट -६ को दोश्रो सम्मेलनमा कर्णाली प्रदेसका माननीय एबं नेपाल कम्युनिस्ट पार्टी ( माओआदी केन्द्र) को जिल्ला कमिटी सदस्य क .ठम्मर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

उक्त अबसरमा क.ठम्मर बिष्टले नेपाली कांग्रेस र नेकपा एमालेबाट परित्यग गरेका ४१ घरधुरीलाई माओबादी केन्द्रमा प्रवेश गराएका थिए।

त्यस्तै गुर्भाकोट नगरपालिका वडान ११ मा ४ घर, १० मा २१ घर र वडान ५ मा १५ घर धुरी प्रबेस गरेका छन ।पछिल्लो समय कांग्रेसको पनि नगरपालिकामा वडा सम्मेलन चलिरहेको छ।

त्यस्तै बेला गुर्भाकोट नगरपालिकाका विभिन्न वडाबाट माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहरनै चलेको देख्न सकिन्छ।

यस्तै आजकै दिन बिष्टले सम्मेलन सुरु हुनु अघि गुर्भाकोट नगरपालिका -६ को नेकपा ( माओबादी केन्द्र) को वडा पार्टी कार्यालय सयौं कार्यकर्ताको बिच उद्घाटन गरेको गुर्भाकोट नगरपालिका वडा न ६ को नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) को दोश्रो वडा सम्मेलनको निर्वाचन मण्डलका संयोजक श्री भीमप्रकास ओलीले रंग दर्पणलाई जानकारी दिए।

यो पनि,,

गुर्भाकोट नगरपालिकामा काङ्ग्रेस र नेकपा एमाले पार्टी परित्याग गरि १९० जना माओवादी केन्दमा प्रवेश