गुर्भाकोट नगरपालिकामा काङ्ग्रेस र नेकपा एमाले पार्टी परित्याग गरि १९० जना माओवादी केन्दमा प्रवेश

असोज १० ,सुर्खेत – गुर्भाकोट नगरपालिका वडा न १२ र ११ मा ठूलो संख्यामा नेपाली काङ्ग्रेस र नेकपा एमाले पार्टी परित्याग गरि नेकापा (माओवाद केन्द्र ) पार्टी प्रबेस गरेका छ्न।

गुर्भाकोट १२ मा नेकपा (माओवादी केन्द्र) प्रदेस परिषद सद्स्य लाल बहादुर राजीको नेतृत्वमा २२ घर र गुर्भाकोट ११ मा २०५४ सालमा नेपाली काङ्ग्रेसका निर्वाचित चुवानी सद्स्य र हाल कृयाशिल सद्स्य रघु बुडाको नेतृत्वमा आपसोतिमा १६ घरले माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

यस्तै नेपाली काङ्ग्रेसका कृयाशिल सद्स्य कुबेर खडकाको नेतृत्वमा ब्राकाल्नाबाट १६ घर गरि जम्मा ५४ घरधुरीका १९० जनाले नेकपा एमाले र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि महान तथा गौरबसाली पार्टी नेकपा (माओवादी केन्द्र)मा प्रबेस गरेका छन्।

नब प्रबेसी सम्पुर्न कमरेड हरुलाइ कार्यक्रमका प्रमुख अथिती नेकपा (माओवादी केन्द्र )कर्णाली प्रदेस संसदीय दलाका प्रमुख सचेतक कर्नाली प्रदेस सभा सद्स्य माननीय श्री ठम्मर बहादुर बिष्टले स्वागत गरेका थिए ।

प्रबेस गर्नेहरुमा धेरेजस्तो नेपाली काङ्ग्रेसका रहेका छ्न। नबप्रबेसी रघु बुडा र कुबेर खडकाले कार्यक्रममा बोल्दै आफुहरु नेपाली काङ्ग्रेसमा बसि लामो समयसम्म कामगरेको तर पार्टीले बिकास निर्माण लगायत धेरै कुराहरुमा सधै पछाडि पारेको र व्यवस्था गरेको भन्दै जनताहरुको मनोभावना र बिकास गर्ने पार्टी नेकपा माओबादी भयकाले हामिहरुले पार्टी प्रबेस गरेको बताए।

साथै सोही दिन कर्णाली प्रदेसबाट बिनियोजित बजेटबाट गुर्भाकोट १२ को रु २१ लाखमा सम्पन्न दहचौर घुगुतिखोला चमेरु गुफा प्रर्यटन प्रबर्द्धन र गुर्भाकोट ९ को रु ४० लाख सम्पन गुर्भाकोट बहुमुखी क्याम्पस ४ कोठे पक्की भवन योजनाहरुको पनि कर्णाली प्रदेस सभा सद्स्य ठम्मर बहादुर बिष्टबाट समुद्घघाटन कार्यक्रम सम्पन भयको छ। कार्यक्रममा बोल्दै माननीय ठम्मर बिष्टले सम्पुर्ण जनताहरुलाइ बिकासको पुर्न प्रत्याभूति हुनेगरी आफुसदै लागिरहने कुरा बताए।