केपी ओलीले चितवनमा भीम रावललाई कुट्न लगाए : गगन थापा
काठमान्डौ – नेपाली कांग्रेसका नेता गगन थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्रमा नेता भीम रावललाई कुट्न लगाएको बताएका छन्।
आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले यस्तो बताएका हुन्। एमालेको महाधिवेशन नभई ओली सेसन चलिरहेको समेत उनले बटाए ।
नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको थापाले बताए। उनले नेकपा एमालेमा अब जनवाद सकिएको र केपी शर्मा ओलीको डनवाद सुरू भएको आरोप लगाए।
नेता थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका कामहरू हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको भन्दै ओलीको आदर्श पुरूष हुन सेन रहेको बताए।
हुन सेनविरूद्ध लेख्ने प्रेश र बोल्ने नेताहरु आफ्नो काम छोडेर बिदा हुनु परेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावलको जसरी लेखिटिने बताए।

