Gold
Bangad salyan

एमालेको महाधिवेशनमा गएका दुई दर्जन बढी कार्यकर्ता माओवादीमा प्रवेश

काठमाडाैं नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा पुगेका नेकपा एमालेका कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन।

पार्टी परित्याग गरी युवा संघका जिल्ला सदस्य लगायत दुई दर्जन भन्दा बढी युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन।

नेकपा माओवादी केन्द्रको खैरहनी नगर सम्मेलनमा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् ।

माओवादीमा प्रवेश गर्नेहरु युवा संघका जिल्ला सदस्य प्रल्हाद सिंखडा, सन्दीप बस्ताकोटी, देबहरि खनाल, आकाश सहनी, विशाल चौधरी, अविनाश चौधरी, प्रेम्बर चौधरी, केशबराज बस्ताकोटी, रितेस चौधरी, प्रविन चौधरी, बिवान चौधरी, अनिल चौधरी, संगम कँडेल, अविनाश रावल, प्रविन अधिकारी, मनिष नेपाल, विश्वास खतिवडा, अमृत सुवाल, रामकृष्ण धौलाकोटी, अनिस परियार, अस्मित छत्कुलीसहित ५० जना युवाहरु छन् ।

प्रवेशका क्रममा चितवन र समग्र देशको विकासको लागि माओवादी पार्टी नै आवश्यक रहेको निष्कर्षका साथ माओवादी पार्टी रोजेको बताएका छन । नवप्रवेशी पार्टी सदस्यहरुलाई नगर इन्चार्ज रमेश रेग्मी र अध्यक्ष लक्ष्मी ढकालले खादा ओढाएर स्वागत गरेका थिए ।