Gold
Bangad salyan

केपी शर्मा ओली अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित

काठमान्डौ – नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन ।

निर्वाचन आयोका अनुसार  कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १८०८ सय मत पाएका छन भने उनका प्रतिद्वन्द्वी भीम रावलले २२३ मत पाएका हुन ।

उपाध्यक्षको मत गणना शुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ ।

शुरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि रावलले अस्वीकार गरेका थिए ।बिहान ४ बजेबाट मतदान शुरु गरी दिउँसो एक बजेबाट गणना शुरु गरिएको थियो ।