Gold
Bangad salyan

सभापति देउवा मतदान केन्द्रको नजिकै कुर्सी राखेर बसेपछि

मंसिर २७ काठमान्डौ – नेपाली काँग्रेसको सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा मतदानकेन्द्र नजिकै घुरेर बसिरहेका छन।

१४ महाधिवेशन अन्र्तगत नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरुले मत खसाल्ने क्रम जारी छ । देउवाले बिहान मत हालीसकेका छन ।

उनी केही बेर बाहिर घुमेर आएपछि राष्ट्रिय सभागृहको मतदान केन्द्रको छेवैमा कुर्सी राखेर बसिरहेका छन् । उनलाई मतदानको लाईनमा लागेकाहरुले नमस्कार गर्ने गरेका छन।

बिहान १२ बजेबाट सुरु भएको मतदानमा सभापतिका प्रत्यासी शेरबहादुर देउवा, शेखर कोईराला, प्रकाशमान सिंह लगायतले मतदान गरिसकेका छन् ।

काँग्रेस निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा तथा राष्ट्रिय सभागृहमा एक स्थानमा मतदान गर्ने प्रबन्ध मिलाएको छ ।

काँग्रेस विधानानुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ छ ।