झलनाथ खनालको नेतृत्वमा बन्यो एमसिसीबारे अध्ययन गर्ने कार्यदल
काठमान्डौ – सत्तारूढ गठबन्धन दलहरूबीच आइतबार बालुवाटारमा भएको बैठकले एमसिसीबारे अन्य दलसँग छलफल गरेर टुंगोमा पुग्न तीन सदस्यीय कार्यदल गठन गरेको छ। आजको बैठकमा प्रतिपक्षदल नेकपा एमाले भने सहभागी भएको छैन।
एमसिसीलाई अगाडी बढाउने वा नबढाउने भान्ने बारेमा बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सदस्य छन्।
खनाल तत्कालीन नेकपाद्वारा गठित एमसिसी अध्ययन कार्यदलमा समेत संयोजक थिए। उक्त कार्यदलमा भीम रावल र तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य थिए।
आजको सर्वदलीय बैठकमा बोल्दै खनालले यसअघि आफ्नै नेतृत्वमा कार्यदल बनेर अध्ययन गरेकाले धेरै कुरा थाहा भएको र अन्य दलहरूसँग थप छलफल गर्न सकिने बताएका थिए।
त्यसपछि यसपालि पनि उनकै संयोजकत्वमा कार्यदल गठन गर्ने सहमति भएको थियो। खानाल,रावल र प्रदीप ज्ञवालीले यो भन्दा आगाडीपनि गठबन्धनको सरकार हुँदा न्नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ,नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिवेदन बुझाएका थिए।
प्रतिवेदनमा एमसिसीमा उल्लेख भएका केहि बुँदा सच्याउनु पर्न्ने समेत प्रतिवेदन उल्लेख गरिएको थियो। खनालको यो भन्दा पहिलेपनि समितिमा रहेको हुँदा उनलाई एमसिसीको बारेमा अध्यन गर्न सजिलो हुने उनले बताए।
आजको बैठकमा गठबन्धनका नेताहरुले एमसिसी पास गर्ने कि के गर्ने भन्ने बारेभने कूनै जवाफ दिएका छैनन। यसमा रास्ट्रिय सहमति हुनुपर्ने र नेपालको कानूनसंग बाझिने रास्ट्रिय स्वाधिनतमा आँच पुग्ने बुँदा हट्नुपर्ने नेताहरुले बताउदै आईरहेका छन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल र वरिष्ठ नेता खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाल लगायत नेताहरू सहभागी थिए।

