Gold
Bangad salyan

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा भिषण आगलागी तिन जिल्लाका दमकल बोलाईयो

काठमान्डौ – बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा भिषण आगलागी भएको छ। इन्द्रेणी कम्प्लेक्सको जिम सेन्टरमा आज दिउँसाे ३ बजे आगलागी भएको थियो।

आगलागीकाे सूचना पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलकाे टाेली घटनास्थलमा पुगेको थियो। दमकलकाे टाेलीले अहिले आगो नियन्त्रणमा ल्याईसकेको छ।काठमाण्डाै, भक्तपुर र ललितपुर तीन वटै जिल्लाको दमकलले आगो निभाएको थियो।

आगलागीको प्रारम्भिक अनुसन्धानबाट इन्भर्टरनमा आगलागी भएर आगाे फैलिएको देखिएको प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक डीएसपी मिमबहादुर लामाले बताए। आगलागीबाट जिम सेन्टरको सामान जल्दा दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको पाईएको छ।