Gold
Bangad salyan

नारायणहिटी दरबार संग्राहालयभित्र बन्दै गरेको होटेलमा मेरो कुनै सम्झौता छैन : योगेश भट्टराई

काठमान्डौ – नेकपा एमालेका नेता पूर्वमन्त्री योगेश भट्टराईले नारायणहिटी दरबार संग्राहालयभित्र बन्द गरेको होटेलमा आफ्नो कुनै संगलग्नता नरहेको बताएका छन।

यस्तै उनले आफू मन्त्रीहुनु पूर्वनै कफी हाउस बनिसकेको समेत समाजिक संजालमार्फत जानकारी गरेका छन।नारायणहिटी दरबार संग्राहालयभित्र बतास कम्पनीले होटेल बनाउन सुरु गरेपछी चौतर्फी आलोचना भएको छ।

बतास कम्पनी र योगेश भट्टराई पर्यटनमन्त्री बनेको बेला सम्झौता गर्दै संग्राहालयभित्र होटेल बनाउने सम्झौता भएको कुरा बाहिरीको छ। उक्त होटेल तत्काल बन्द गर्न वर्तमान पर्यटनमन्त्री प्रेम आलेले निर्देशन गरेपछी काम रोकिएको छ।

पुरातात्त्विक सम्पदा संग्राहालयभित्र क कस्को समझौतामा होटेल खोलियो भन्ने बारे तत्काल छानबिन गरि कारबाहीगर्न स्थानिय सरोकारवालाहरुले माग गरेका छन।