जाजरकोटकि पार्वती बिक माओवादी केन्द्रको केन्द्रिय सदस्यम नियुक्त
काठमान्डौ – नेकपा माओबादी केन्द्रको आठौ राष्ट्रिय सम्मेलनमा जाजरकोटबाट पार्वती बिक केन्द्रिय सदस्यमा निर्वाचित भएकि छिन।
माओबादी केन्द्रको आइतबार पुष ११ देखी १५ गते सम्म सम्मपन्न हुने भनिएको राष्ट्रिय सम्मेलन ३ दिन पछि २सय ६६ केन्द्रिय सदस्यिय निर्वाचित गर्दै सम्मपन्न भएको थियो ।
२ सय ९९ जना केन्द्रिय समिती रहने माओबादी केन्द्रको बाँकी सदस्य मनोनित गर्ने माओबादी केन्द्रले जनाएको छ।
२ सय ६६ जना केन्द्रिय सदस्य निर्वाचित गरेको माओबादी केन्द्रले पार्वती बिकलाइ पनि युवा दलित कोटाबाट सदस्यमा निर्वाचित गरेको हो।
माओबादी जनयुद्धले मध्यपश्चिमको सबै जिल्ला प्रभावित नै थिए।सर्वहारा श्रमजिवी बर्गको मुक्तीको लागी बर्ग सङ्घर्ष नै मुक्तीमार्ग भएको ठहर गर्दै २०४२ सालमा जन्मेकी विक माओबादी आन्दोलनमा २०५४ सालमा होमिएको थिइन।
पार्वती बिक २०५४ साल अनेरास्ववियु क्रान्तिकारी जाजरकोट को इकाइ अध्यक्ष हुदै २०५८ पुर्णाकालिन बनेकी थिइन।
२०५८ सालमा गाजस इन्चार्ज तथा अनेमा संघ क्रान्तिकारी जाजरकोट जिल्ला समीती सदस्य
२०५९ सालमा एरिया कमिटी सदस्य तथा दलित मुक्ती मोर्चा जिल्ला कमिटी सदस्य
२०६० सालमा दलित मोर्चा भेरी कर्णाली क्षेत्रीय समिती सदस्य
२०६५ सालमा नेपाल दलित मुक्तीमोर्चा जाजरकोट जिल्ला को अध्यक्ष
२०६६ साल मा नेपाल दलित मुक्तीमोर्चा केन्द्रिय सदस्य
२०६४ सालमा जिल्ला कमिटी सद्स्य
२०६६ सालमा जाजरकोट जिल्ला समिति सचिबालय सदस्य
२०७४ सालमा प्रदेश कमिटी सदस्य कर्णाली हुदै हाल पार्वती पार्वती बिक नेपाल दलित मुक्ती मोर्चा कर्णाली प्रदेश संयोजक हुदै माओबादी केन्द्रको केन्द्रिय सदस्यमा निर्वाचित भएकी छिन
पार्वती लाई दलितला सम्पुर्ण पाटीका कार्यकर्ता लगायत सबैले धन्यवाद व्यक्त गरेका छ्न ।।

