प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द
काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको निमन्त्रणामा प्रधानमन्त्री देउवा यहीँ पुष २५ गते भारत भ्रमण जाने कार्यक्रम रहेको थियो ।
भारतमा कोरोना सङ्क्रमण बढेकाले प्रधानमन्त्रीको भ्रमण रद्द भएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनको गृहराज्य गुजरातमा यही पुस २६ देखि २८ गतेसम्म आयोजना हुने भनिएको ‘गुञ्जायमान गुजरात’ विषयको विश्वस्तरीय सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो ।
प्रधानमन्त्री देउवाका स्वकीय भानु देउवाले पनि प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्ध भएको जानकारि गरेका छन।

