Gold
Bangad salyan

आज मात्र ३५ सय बढी कोरोना संक्रमित थपिए

काठमान्डौ – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १५ हजार ८१ जनाको नमुना परीक्षण गर्दा ३ हजार ५ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ७१ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख १५ हजार ३ सय ४७ जना पुगेकाे छ ।

यस्तै गत २४ घन्टामा कोरोनाबाट एक जनाको ज्यान गएको छ।यो सहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय १० पुगेको छ ।

अहिले नेपालमा १४ हजार तीन सय ४० जना सक्रिय सङ्क्रमित रहेका छन् ।यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख ५६ हजार चार जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।