Gold
Bangad salyan

आज पनि १२ हजार ३३८ जनामा कोरोना संक्रमण

काठमाण्डाै – गत २४ घण्टामा नेपालमा आज पनि १२ हजार ३३८ जनामा कोरोना संक्रमण देखिएको छ।
कूल २७ हजार ४९७ नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ६४९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै सक्रिय संक्रमितको संख्या भने ५७ हजार ३२८ पुगेको छ। आजको कोरोना संख्या नेपालमा अहिलेसम्मकै धेरै संक्रमण हो।