Gold
Bangad salyan

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमान्डौ – नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक स्थगित गर्दै स्थायी कमिटी बैठक बोलाएको छ। भोलि माघ ८ गते शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरेर भोलि नै स्थायी कमिटी बैठक बोलाएको गरिएको माओवादीको केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

स्थायी कमिटी सदस्य र आयोगका अध्यक्षहरूको बैठक बोलाइएको हो। स्वास्थ्य मापदण्ड पालना गरी शनिबार बिहान ८:३० मा केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्ने माओवादीले जनाएको छ। कोरोनाका कारण केन्द्रीय कमिटी बैठक भने स्थगित गरिएको माओवादीले जनाएको छ।

यस्तै हालै महाधिवेशनबाट माओवादीले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो भने केन्द्रीय कमिटी पनि चयन गरेको थियो। पार्टी पदाधिकारी केन्द्रीय कमिटीले चयन गर्ने भने पनि पदाधिकारी चयनमा ढिलाइ भइरहेको छ।