Gold
Bangad salyan

लागुऔषध कारोबारी समाउन पुगेका प्रहरीले दुई वटा मोबाईल चोरेपछि

काठमान्डौ – धनगढीमा मोबाइल चोरी गर्ने दुई जना प्रहरी हिरासतमा परेका छन्। प्रहरी हवल्दार होमबहादुर माल र जवान भरत बुढालाई हिरासतमा राखेर चोरी मुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा माघ ५ गते धनगढीको मोबाइल ग्यालरीमा प्रहरी टोली पुगेको थियो।त्यस क्रममा तीन जना लागुऔषध कारोबारी ब्राउनसुगरसहित समातिएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जनाए।

उनका अनुसार प्रहरी टोलीमा गएका माल र बुढाले एक-एक वटा मोबाइल चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ। उनीहरूले चोरी गरेको १/१ मोबाइल फुटेजमा देखियो, ती मोबाइल बरामद भइसकेको अधिकारीले भन। मोबाईल चोरी गर्ने दुवैलाई शुक्रबार म्याद थपका लागि अदालतमा लैजाने प्रहरीले बताएको छ।