Gold
Bangad salyan

नायिका रेखा थापाले विवाह गर्दै को हुन ती व्याक्ती

माघ ७ काठमाडौं – नायिका रेखा थापाले आउँदो वैशाखमा विवाह गर्न लागेको कुरा बाहिरीएको छ।

मिति नतोकिएपनि २०७९ को वैशाखमा उनि विवाह बन्धनमा बाँधिने तयारीमा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

रेखा केही समयदेखि एक युवकको प्रेम सम्बन्धमा छिन् ।उनी प्रेमीसँग नै वैवाहिक जीवनको तयारीमा रहेको बुझिएको छ ती प्रेमि को हुन भन्ने भने खुलाइएको छैन ।

३९ वर्षीय रेखाले फागुनमा इन्गेजमेन्ट र वैशाखमा बिहे गर्ने गरी तयारी हुँदै गरेको उनीनिकट स्रोतले जनाएको छ ।
रेखाले पहिलो विवाह चलचित्र निर्माता छवि ओझा गरेकी थिइन् ।

तर, सम्बन्ध टुङ्ग्याएर लामो समय उनी एक्लै मित्रपार्कको अपार्टमेन्टमा बस्दै आएकी छन् ।
एक टेलिभिजन अन्तरवार्तामा रेखाले आफूले लभ र एरेन्ज बिहे गर्न लागेको बताएपछि उनको विवाह हुनेबारे चर्चा सुरु भएको छ।