Gold
Bangad salyan

कोरोना भाइरसको खोप लगाईदिने भन्दै २० हजार घुस

माघ १३,काठमाडौं – कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन घुस लिएको अभियोगमा दुई जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ ।

खोप लगाइदिएपछि सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको अवस्थामा महोत्तरीको स्वास्थ्यचौकी सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साह र कृष्णाकुमार साहलाई उजुरीको आधारमा अख्तियारले नियन्णमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा अजयको निर्देशनमा कृष्णाकुमारले खोप लगाउन आएका एक व्यक्तिबाट २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको थियो हो।

द्धय स्वास्थ्यकर्मी विरुद्ध कानुन बमोजिम कारवाहीको माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाए।