Gold
Bangad salyan

टिकटक भिडियो बनाउनेहरुले रुकुममा पुलनै भाच्चिने डर, एक भाग लच्कियो

माघ १७,रुकुम पश्चिम् – कर्णाली प्रदेश रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा निर्माण गरिएको झोलुङ्गे पुलमा दुर्घटनाको जोखिम अबस्थामा रहेको छ

आवत जावत, अवलोकन गर्नेहरुको संख्या वृद्धिसंगै पुलमाथिको तारजालिमा समेत झुन्डिएर फोटो तथा भिडियो बनाउनेहरुको संख्या बढ्दै जाँदा दुर्घटनाको जोखिम बढेको हो ।

मुसिकोटको ब्रहाटाकुराबाट सल्ले जोड्नका लागि ७ महिना अगाडि डेढ करोडको लगानीमा उक्त पुलको निर्माण गरिएको निर्माण समितिले जनाएको छ।

बराहटाकुराको टुडिंखेलबाट सल्ले जोडिएको २ सय ३८ मीटर लामो झोलुङ्गे पुलको सल्ले पट्टिको भू-भाग भिरालो भएका कारण जोखिम बढेको स्थानीयको भनाई छ ।

खलंगा बजार देखि जिल्ला अस्पताल र सल्ले विमानस्थल सम्मको दूरी कम गर्नका लागि निर्माण गरिएको पुल पछिल्लो समय पर्यटकिय क्षेत्रको रुपमा परिणत हुदै आएको छ।

पुल अवलोकनका लागि आउनेहरुको उपस्थितिले दिनहुँ पुलमा बाक्लो भीडभाड हुने गरेको छ।

दैनिक टिकटक भिडियो बनाउने  ,फोटो खिच्ने, भिड,  पुलमाथिका तारमा समेत झुन्डिएर फोटो खिच्ने र भिडियो बनाउनेको संख्या दिनहुँ बढ्दै जांदा पुलनै भाच्चिने डर देखीएको छ।

समयमै सरोकारवाला निकायले यसको ब्यवस्थापनमा ध्यान नदिए कुनै पनि समयमा दुर्घटना निम्तिन सक्ने खतरा बढेको स्थानीयले बताए ।