सव इन्जिनियर यादवलाई कालो मोसो लगाउने विप्लवका ६ जना कार्यकता पक्राउ
सोलुखुम्बु : शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुका सव इन्जिनियरलाई कालोमोसो दल्ने र जुत्ताको माला लगाउने विप्लवका ६ जना कार्यकर्ता पाक्राउ परेका छन्।
कार्यालयका सव इन्जिनियर पवन कुमार यादवलाई सोमबार कालो मोसो र जुत्ताको माला लगाउने ९ जनामध्ये ६ जनालाई सदरमुकाम आसपासका क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
पक्राउ पर्नेमा २४ वर्षीय मानव राईसहित अन्य ५ जना २० वर्षभन्दा कम उमेरका विद्यार्थी रहेको प्रहरी निरीक्षक ऋषिराज ढकालले जनाए । उनीहरु उपर अभद्र व्यवहार अन्तरगत मुद्धा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य ३ जना भने फरार रहेकाले खोजी भइरहेको निरीक्षक ढकालले बताए।
नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का ९ जना विद्यार्थीले सोमबार दिउँसो १ बजे कार्यालय परिसरमा यादवलाई हातपात गरेका थिए। जिल्लाको महाकुलुङ गाउँपालिकाको ६ वटा विद्यालय भवन पुनःनिर्माण गर्ने क्रममा सव इन्जिनियरहरु पवनकुमार यादव र नविनकुमार सिंहले आर्थिक भ्रष्टाचार गरेको उनीहरुको आरोप छ।
रकम तत्काल फिर्ता गर्न पटक-पटक ताकेता गर्दा समेत बेवास्था गरेकाले सांकेतिक कारबाही गरेको घटनापछि कार्यालय अगाडि टाँस गरिएको विज्ञप्तिमा भनिएको छ। साथै रकम फिर्ता नगरे थप भौतिक कारबाही गर्ने समेत चेतावनी दिइएको छ।
चन्दा माग्दा अस्विकार गरे पछि मलाई ‘विप्लवका कार्यकार्ताले कालो मोसो दले : विश्वराज पण्डीत

