surkhet

चन्दा माग्दा अस्विकार गरे पछि मलाई ‘विप्लवका कार्यकार्ताले कालो मोसो दले : विश्वराज पण्डीत

surkhet

माघ १८,धनगढी – नेपाल कम्युनिष्ट पार्टी कैलालीले पचमुडियाका सव-डिभिजन वन कार्यालयका प्रमुख विश्वराज पण्डीतलाई जनकारबाही गरेको छ।पण्डीतले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बताउने व्यक्तिहरुले चन्दा माग गरेको र अस्विकार गर्दा मोसो दलेका सामाजिक संजालमार्फत बताएका छन्।

पण्डित आफैंले उक्त तस्वीर सार्वजनिक सामाजिक सञ्जालमा पोष्ट गर्दै चरित्रमा दाग नलागुन्जेलसम्म अनेक रंग पोतेर केही फरक नपर्ने उल्लेख गरेका छन् । साथै उनले मासो दल्नेहरुलाई समाज रुपान्तरणको औकात छ भने खुल्ला बहस गर्न चुनौती पनि दिएका छन् ।

Gorkha

Dailekh

समयले सबैको हिसाबकिताब गर्ने उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘नेकपा (विप्लव) समूहका कथित केही थान व्यक्तिहरुले दिएको यो उपहार जिल्ला कैलाली डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पचमुडिया सवडिभिजन वन कार्यालयमा कार्यरत रहदाको अविस्मरणीय रहने छ ।’

उनी थप लेख्छन्, ‘देश र जनताका विरुद्ध गरेका मेरा कुनै पनि कार्यहरु छन् भने राज्यका ३ तहका अदालत, संवैधानिक निकायहरु र जनअदालतको कठघरामा उभिन तयार छु । अन्यथा एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाब किताब गर्ने नै छ ।

salyan