सांसद नभएकालाई मन्त्री बनाउनु संसद् र जनताको अपमान : प्रमुख सचेतक बिष्ट
सुर्खेत – कर्णाली प्रदेशमा फौजदारी अभियोग र गैर सांसलाईलाई मन्त्री बनाउदै गरेपछी माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले विरोध जनाएका छन्। कर्णालीमा सबै भन्दा ठुलो दल माओवादीका १२ जना सांसद छन्। जनताको मत प्राप्त गरेर आएका ६ जना अझै सांसद मन्त्री बन्न पाएका छैनन।
सांसद नभएकालाई मन्त्री बनाउनु संसद् र जनताको अपमान भएको भन्दै उक्त तत्काल सच्याउन संसदीय दल पार्टी प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई सांसद विष्टले आग्रह गरेका छन् । नेता विष्टले यो निर्णयलाई माओवादी आन्दोलनमाथीको कलंक भएको समेत बताए । कर्णाली प्रदेश सभाको उत्तार्धतिर यस्तै अर्को इपिसोड थपिएको छ,। यहाँको सांगोपांगो राजनीतिमा।
त्यो भनेको सांसद हुँदाहुँदै गैरसांसदलाई मन्त्री बनाउने अराजनीतिक कदम ह। ‘मन्त्री बन्ने व्यक्तिको विरोध गर्न खोजेको पटक्कै होइन, तर राजनीतिक जिन्दगीमा अनेक पापड मोलेर जनताको मन जितेर आएका सांसदलाई धोबीको कुकुरजस्तो घरको न घाटको जस्तो बनाएर जनताबाट एकैचोटि मन्त्रीमा ल्याउने कुरा राम्रो निर्णय होइन सांसद विष्टले लेखेका छन्।
कर्णालीममा तीन महिनापछि मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । १६ कार्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि भोलि आईतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादी जुम्लाका पदम रोकाया, नेपाली काँग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन्।
यसैबीच गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउने भएपछि माओवादीले विरोध जनाएको छ । हुम्लाका माओवादी नेता छिरिङ दमदोल लामा (कार्चेन लामा) लाई उनको पार्टीले कर्णाली प्रदेश सरकारमा मन्त्री बनाउँदै गरेपछी आफ्नै पार्टीभित्र विरोध सुरु भएको हो।माओवादी नेता लामालाई माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका अनुसार गैरसांसद ६ महिने मन्त्रीका लागि सिफारिस गरिएको हो ।
कार्चेनलाई प्रचण्डको निर्देशनमा पार्टीको प्रदेश कमिटी र प्रदेश सभा संसदीय दलले मन्त्रीको सिफारिस गरेपछि उक्त पार्टीका सांसदहरूले चर्को असन्तुष्टि जनाएका हुन।कार्चेन लामा गैर सांसद हुन् भने मुर्ति चोरको अभियोग लागेका व्याक्ति हुन्। २०४९ सालमा तिब्बतको खोचेरनाथ गुम्बाबाट १२ बर्ष पुरानो मूर्ति चोरेर दोषी ठहर भई कैद र जरिवाना भुक्तान गरिसकेका व्यक्ति कार्चेन लामालाई कर्णाली प्रदेश सरकारमा मन्त्री बनाउन आफ्नै पार्टीले सिफारिस गरेको हो ।

