Gold
Bangad salyan

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार दिउँसो साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

समितिमा सभामुखसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहने श्रोतले जनाएको छ। त्यस्तै संसद सचिवालयले बुधबारको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ ।

जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन पेश गर्ने र संविधानसभाका सदस्य जगतबहादुर ताजपुरियाको निधनमा शोकप्रस्ताव पारित गर्ने उल्लेख गरिएको छ।