Gold
Bangad salyan

कमल थापाले पार्टी छोडे मलाई केही फरक पर्दैन : अध्यक्ष लिङ्देन

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडे पनि केही असर नपर्ने बताएका छन।

अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरे पनि पार्टीको आउँदाे जीवनमा केही फरक नपर्ने बताएका हुन।

यस्तै उनले निवर्तमान अध्यक्ष कमल थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्तालाई आह्वान समेत गरे।राप्रपा अझै दृढ, सङ्गठित र सशक्त रूपले अगाडि बढ्ने उनले बताए ।

हामीले सबै साथीहरूलाई आह्वान पनि गरेका छौँ । र मलाई के विश्वास छ भने पार्टीका महत्त्वपूर्ण जिम्मेवारीमा रहनुभएका कसैले पनि यो खालका कामहरू गर्नुहुने छैन ।

अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुनर्विचार गर्न आग्रह समेत गरे । थापाको यस निर्णयले उनकै राजनीतिक भविष्यसमेत नरहेको भन्दै निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गरे।

निवर्तमान अध्यक्ष थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा उहाँले पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले त्याे घटनालाई अनपेक्षित र अप्रत्याशित रूपमा लिएको उल्लेख गरेका छन।

निवर्तमान अध्यक्ष थापाले राप्रपा छोड्न गरेको निर्णय उनको एकल निर्णय भएको अध्यक्ष लिङ्देनले बताए। थापले गत मंगलबार पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।