Gold
Bangad salyan

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता पछी एमालेले बाेलायाे संसदीय दलकाे बैठक

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रमुख विपक्षी दल नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएको छ ।

सत्तापक्षले अचानक प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएपछि एमालेले काठमाण्डौबाहिर रहेका सबै सांसदहरूलाई काठमाण्डौ बेलाएको छ।

त्यसतै आज बेलुकी ६ बजे पार्टी सचिवालय र भोलि बिहान ११ बजे पार्टी संसदीय दलको बैठक बोलाएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए। जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता अनुचित भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रिया दिएका छन्।