Gold
Bangad salyan

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

फागुन ७ ,काठमान्डौ – अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दै छ ।बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्याल होटेलमा बस्ने बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने सो पार्टीका नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरूमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएका छन् ।

यस्तै पार्टीका बरिस्ठ नेता झलनाथ खनालले एमसीसी अब नेपालबाट फिर्तानै हुनुपर्ने धारणा बताएका छन्। केहि समय सम्म संसोधन गरेर एमसीसी पास गर्नुपर्छ कि भन्ने मेरो धारणा थियो अब भने एमसीसी नेपालबाटनै फिर्ता गर्ने उनको भनाई छ।