Gold
Bangad salyan

कलाकार जयनन्द लामाको मृ,त्युु कलाकार क्षेत्रलाई ठूलो धक्का

फागुन ११,काठमान्डौ – वरिष्ठ लोक गायक कलाकार जनयन्द लामाको मृ,त्युु भएको छ।आज विहान २ बजे उनी गाडीबाट ओर्लने क्रममा लडेको बताइएको छ । थप जानकारी भने आउँन बाकी छ।

लामा लोकगायन तथा हाँस्य कला क्षेत्रमा लोकप्रीय कलाकार हुन।उनले कलकत्ते काइँयो,चुइँ चुइँ चुइँकने जुत्ता,मुलाको चाना,सलल पानीलगायत थुप्रै मौलिक लोकगीत गाएका छन। सिन्धुपाल्चोकको बाह्रबिसेका स्थायी बासिन्दा लामाले थुप्रै टेलिचलचित्र र चलचित्रमा अभियन गरेका छन् ।

 

पुरानो चलचित्र मनको बाँध देखि पछिल्लो समयमका चर्चित चलचित्र छक्कापञ्जामा समेत उनको भूमिकाको प्रशंशा भएको थियो । लामाले थुप्रै पुरस्कार समेत प्राप्त गरेका थिए ।कलाकार लामाको असामयिक निधनले असामयिक निधनले लोकक्षेत्रमा ठूलो क्षति भएको भन्दै राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारले दुख व्यक्त गरेका छन।