Gold
Bangad salyan

जग्गा बेच्न नमान्दा कुटपिट गर्ने दुई महिलालाई छ महिना जेल ,,

असार १४ दाङ्ग – गत जेठ २५ गते अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–९ ठाडोखोलाकी दिलमाया पुन मगरलाई कपडा च्यातेर निर्मम कुटपिट गर्ने राप्ती गाउँपालिका–१ भालुबाङ पुरानो बजारका ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्तालाई ६ महिना जेल र जनही २५ हजार जरिवाना कैद सजायको फैसला कार्यान्वयन भयको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए ।सामाजिक अपराध गरेर जिल्लालाईनै मर्माहित बनाउने यो पहिली घटना भयको श्रेष्ठले बताय ।

रेखा र अनितालाई सस्तोमा जग्गा दिन नसक्ने बताएपछि उनीहरुले दिलमायालाई भालुबाङको निर्माणाधीन सार्बजनिक बसपार्कमा लछारपछार गर्दै लखेटी कुटपिट गरेका थिए । कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भए लगतै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। पिडित दिलमायालाई उपचारको लागि १५ हजार जरिवाना दिने गरि १८ दिनको अनुसन्धान पछि जिल्ला प्रसाशनमा मुद्दा दर्ता गराएको एक दिनमै फैसला गरेर पीडितलाई न्याय दिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए ।

कुटपिट गर्ने दुवैजनालाई तुलसीपुर कारागार चलान गरिएको छ । दुवै पक्षलाई फैसलामा मञ्जुर नभए पुनरावेदन समेत गर्न सक्ने व्यवस्था रहेको प्रजिअ श्रेष्ठले बताए । घटना घटेको केही दिनमै प्रहरीमा उजुरी परेपछि कारबाहीका लागि सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।