Gold
Bangad salyan

भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा सम्भावित कार्यसूची के छ

काठमान्डौ – भोलि प्रतिनिधिसभाको बैठक बस्दै छ। संसद सचिवालयका नुसार भोलि ११ बजे बैठक बस्न लागेको हो। भोलिको बैठकमा एकमात्र सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको हो ।

त्यस्तै संसद बैठकअघि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक आह्वान गरेका छन्। सभामुख सापकोटाले बिहान ११ बजे बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ।